Wednesday 26th of August | २०८३ भदौ १० बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कर्णाली मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १० बुधबार |

कर्णाली, ९ भदौः कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । 

    मन्त्रिपरिषद्को आजको बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत सरुवा भएर आएका सहसचिव रमेश केसीलाई शान्तिसुरक्षा, विपद् व्यवस्थापन तथा सूचना प्रविधि क्षेत्र हेर्ने गरी जिम्मेवारी दिने निर्णय गरेको छ । 

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद् मातहत रहने गरी प्रदेश सचिवका रुपमा उहाँले कार्यसम्पादन गर्नुहुने आर्थिक मामिला तथा योजनामन्त्री टेकराज पछाईले जानकारी दिनुभयो ।

    यस्तै, आर्थिक मामिला तथा योजना मन्त्रालयअन्तर्गत कर्णाली प्रदेश सरकारको सामयिक राजस्व उठाउनेसम्बन्धी विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति दिइएको छ । यसैगरी, गत साउन १ गतेदेखि लागू हुने गरी प्रदेश तथा स्थानीय तहमा कार्यरत सङ्घीय सरकारको दरबन्दीका कर्मचारी र प्रदेश तथा स्थानीय तहका करार कर्मचारीको नयाँ तलबमान कायम गर्ने निर्णय पनि भएको छ ।
–––

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan