अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १० बुधबार |
काठमाडौं, १० भदौ दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ३ सय मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमी बस्ने काभ्रे नमोबुद्ध नगरपालिका-९ घर भएका २७ वर्षीय साजन तामाङ र सोही नगरपालिका-१० घर भएका २८ वर्षीय विशाल देवकोटा रहेका छन् । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बा.९९ प ३०६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
