Wednesday 26th of August | २०८३ भदौ १० बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

छिमेकीसँगको कूटनीतिक संवादलाई तीव्रता दिँदै इरान

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १० बुधबार | रासस/एएफपी

इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले छिमेकी मुलुकसँगको ‘दृढ’ कूटनीतिले शान्ति र स्थिरताप्रतिको इरानको प्रतिबद्धता पुष्टि गर्ने बताउनुभएको छ ।

    उहाँले सामाजिक सञ्जालमार्फत पाकिस्तानका सेना प्रमुख फिल्ड मार्शल सैयद आसिम मुनिर र ओमानका विदेशमन्त्री सैयद बदर बिन हमाद अल बुसाइदीसँग क्रमशः सोमबार र मङ्गलबार भएका वार्तामा क्षेत्रीय समाधानमा जोड दिइएको बताउनुभयो ।

    “नयाँ करिडोरका लागि प्रस्तावित रूपरेखा, संयुक्त रूपमा बारुदी सुरुङ हटाउनेकार्य र होर्मुजको भविष्यको व्यवस्थापन यसका उदाहरण हुन्,” अराघचीले लेख्नुभएको छ ।

    इरान र ओमानले होर्मुज जलसन्धिमा अस्थायी संयुक्त जलमार्ग (सिपिङ करिडोर) स्थापना गर्ने तथा उक्त जलमार्गबाट बारुदी सुरुङ हटाउने संयुक्त परियोजना सञ्चालन गर्ने प्रस्ताव सार्वजनिक गरेपछि उहाँको यस्तो भनाइ आएको हो ।

    यसैबीच, अराघचीले मङ्गलबार कतारका प्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान बिन जसिम अल थानीसँग टेलिफोन वार्ता गर्नुभएको छ । इरानी विदेश मन्त्रालयका अनुसार वार्तामा क्षेत्रीय घटनाक्रमबारे छलफल गर्दै तनाव थप बढ्न नदिन तथा क्षेत्रीय शान्ति र स्थिरता कायम गर्न कूटनीति र समन्वयमा जोड दिइएको थियो ।

    इरानी भू–भागमा इजरायल र संयुक्त राज्य अमेरिकाको संयुक्त आक्रमणपछि इरानले फेब्रुअरी २८ देखि होर्मुज जलसन्धिमा आफ्नो नियन्त्रण कडा बनाउँदै इजरायल र अमेरिकासँग सम्बन्धित वा उनीहरूको स्वामित्वमा रहेका जहाजको आवतजावतमा रोक लगाएको थियो ।

    गत महिना दुई देशबीच तनाव बढेसँगै, जुन १८ मा भएको अमेरिका–इरान समझदारीपत्र (एमओयू) अन्तर्गतको ६० दिने वार्ताको समयसीमा अगस्ट १७ मा समाप्त भएको थियो । यससँगै अन्तिम शान्ति सम्झौताको सम्भावना अनिश्चित बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan