Wednesday 26th of August | २०८३ भदौ १० बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रसुवाको विपत बारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक, भोलि सिंहदरबारमा बस्ने

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १० बुधबार |

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन्।

रास्वपाका महामन्त्री विपिन आचार्यका अनुसार बैठक भोलि बिहान ९ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ।

रसुवाको बाढि विपत बारे छलफल गर्न र समसामयिक राजनीतिक विषय तथा राष्ट्रिय मुद्दामा दलहरूबीच छलफल र साझा धारणा निर्माण गर्ने उद्देश्यले बैठक बोलाइएको बताइएको छ। बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूलाई सहभागी हुन आग्रह गरिएको छ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, मुलुकमा देखिएका समसामयिक समस्या तथा त्यसका समाधानका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

रास्वपाले सर्वदलीय छलफलमार्फत प्रमुख राजनीतिक दलहरूबीच संवाद र सहकार्यको वातावरण निर्माण गर्ने प्रयासका रूपमा बैठकलाई अघि बढाएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan