Wednesday 26th of August | २०८३ भदौ १० बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बाढीले बगाएर ल्याएका १८ शव गोरखामा फेला

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १० बुधबार | (रासस)

गोरखा, १० भदौः भोटेकोशीमा आज गएको बाढीले बगाएर ल्याएका १८ वटा शव त्रिशूली नदीको गोरखातर्फको बगरमा फेला पारेको छ । राति ९ः०० बजेसम्ममा गोरखातर्फ १८ वटा शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो । 

“शव धमाधम फेला परिरहेका छन् । हालसम्म १८ वटा फेला छ”, उहाँले भन्नुभयो । शवहरूको खोजीकार्य हालसम्म पनि जारी रहेको उहाँको भनाइ छ । 

जिल्लाको गण्डकी गाउँपालिका वडा नं ८ धवादीघाट, वडा नं ६ भुम्लिचोक, गण्डकी–१ बुट्टार, वडा नं ४ फेवाटार र वडा नं ७ ज्यामिरेघाटस्थित त्रिशूली नदी किनारमा उक्त शवहरू फेला परेका जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताउनुभयो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan