Wednesday 26th of August | २०८३ भदौ १० बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पोखरा महानगरले बाढी प्रभावित क्षेत्रमा एम्बुलेन्ससहित सहायता टोली पठाउने

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १० बुधबार | (रासस)

गण्डकी, १० भदौः पोखरा महानगरपालिकाले रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अत्याधुनिक एम्बुलेन्ससहित स्वास्थ्यकर्मी र नगर प्रहरीको सहायता टोली पठाउने भएको छ । 

नगरप्रमुख धनराज आचार्यले सहायता टोलीलाई कुन ठाउँमा पठाउने भन्ने विषयमा सुरक्षा निकायसँग आवश्यक परामर्श र समन्वय भइरहेको जानकारी दिनुभयो । 

प्राकृतिक विपद्को घडीमा राहत तथा उद्धार कार्य एकद्वार प्रणालीमार्फत व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन हुनुपर्नेमा उहाँले जोड दिनुभयो । राहत तथा उद्धारका लागि महानगरपालिकाले सम्बद्ध निकायसँग सम्पर्क, समन्वय र सहजीकरण गरिरहेको प्रमुख आचार्यले बताउनुभयो । 

महानगरका तर्फबाट थप सहयोग र राहत सामग्री पठाइने उहाँको भनाइ छ । विपद्को घडीमा  धैर्य, संयम र मानवीय भावना कायम राख्न सबैमा उहाँको आग्रह छ । आज बिहान आएको बाढीले भोटेकोशी र त्रिशूली नदी तटीय क्षेत्रमा ठूलो धनजनको क्षति भएपछि यहाँका अन्य स्थानीय तहले पनि राहत रकम घोषणा गरेका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan