Wednesday 26th of August | २०८३ भदौ १० बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बाढीपहिरो प्रभावितको उद्धारमा जुट्न क्याप्टेन थापाको आह्वान

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १० बुधबार |

काठमाडौँ, १० भदौः एयरलाइन्स अपरेटर्स एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष क्याप्टेन रामेश्वर थापाले रसुवाको टिमुरे क्षेत्र तथा भोटेकोशी नदी आसपासमा गएको भीषण बाढीपहिरोबाट प्रभावितको उद्धार तथा राहतमा निरन्तर जुट्न हेलिकोप्टर सञ्चालक, पाइलट तथा चालक दललाई आह्वान गर्नुभएको छ ।

    थापाले बाढीपहिरोबाट मृत्यु भएका नागरिकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्नुभएको छ । उहाँले उद्धार तथा राहतकार्यमा खटिएका पाइलट, चालक दल, व्यवस्थापन, हेलिकोप्टर अपरेटर तथा सम्बन्धित व्यक्ति एवं निकायप्रति सम्मान व्यक्त गर्नुभएको छ ।

    नेपालमा विपद् वा सङ्कट पर्दा हेलिकोप्टर उडान क्षेत्रले समुदायको सेवामा अग्रपङ्क्तिमा रहेर काम गर्दै आएको उल्लेख गर्दै उहाँले दुर्गम भूगोल, कठिन मौसम र चुनौतीपूर्ण परिस्थितिबीच पनि तत्काल उद्धार गर्नु नेपाली उड्डयन क्षेत्रको व्यावसायिक जिम्मेवारीसँगै मानवीय दायित्व भएको बताउनुभएको छ ।

    हालको परिस्थितिमा सम्पूर्ण हेलिकोप्टर अपरेटर, क्याप्टेन तथा चालक दललाई उद्धारकार्यलाई उच्च प्राथमिकताका साथ निरन्तरता दिन थापाले आग्रह गर्नुभएको छ । सानो प्रयासले पनि सङ्कटमा परेका नागरिकको जीवन बचाउन सकिने उहाँको भनाइ छ ।

    कठिन भूगोल र प्रतिकूल परिस्थितिमा हुने उद्धार उडानमा जोखिमको निरन्तर मूल्याङ्कन मौसम तथा स्थल अवस्थाको सही विश्लेषण, उचित समन्वय र स्थापित उडान सुरक्षा प्रक्रियाको पूर्णपालना गर्न थापाले आग्रह गर्नुभएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan