Thursday 27th of August | २०८३ भदौ ११ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

त्रिशूलीमा बाढीः बेपत्ताको खोजतलास

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ११ बिहीबार |
newsabhiyan

दमौली (तनहुँ), ११ भदौः रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण तनहुँस्थित त्रिशूली नदीमा बगाएर ल्याएका नौ वटा शवको कानुनी प्रक्रिया पूरा गरी गण्डकी अस्पताल पोखराको शवगृहमा राखिएको छ ।

बाढीका कारण बेपत्ता व्यक्तिको खोजतलासलाई प्राथमिकता दिँदै आज पनि त्रिशूली नदी आसपासका क्षेत्रमा व्यापक खोजी तथा उद्धार कार्य सञ्चालन गरिने भएको छ । 
    
खोजतलासका लागि प्रहरी निरीक्षक प्रदीप सुवेदी र प्रहरी निरीक्षक आशिष पोखरेलको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

शव देखापरेमा वा प्रहरी सेवा आवश्यक परेमा प्रनाउ घिमिरेको ९८५६०६२२५५ वा जिल्ला प्रहरी कार्यालय तनहुँको ९८५६०९०१७८ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan