खाद्यान्न तथा औषधि बरामद
न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ८ बिहीबार |
वीरगञ्ज (पर्सा), ७ असोजः प्रहरीले करिब रु २० लाख ८१ हजार बराबरको खाद्यान्न तथा औषधि बरामद गरेको छ ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–१६ इनर्वागाउँ र छपकैयास्थित सडकबाट भारतबाट भन्सार छली चोरीपैठारी गरी ल्याउँदै गरेको उक्त सामान बरामद गरेको हो ।
बरामद सामान थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।
