जुफाल विमानस्थलमा सीता एयरको जहाजको टायर फुत्कियो
न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ८ बिहीबार |
डोल्पा । नेपालगञ्जबाट डोल्पाको जुफालका लागि उडेको सीता एयरको जहाज अवतरणका क्रममा टायर फुत्किएको छ।
आज बिहान ८ः२५ बजे जुफाल विमानस्थलमा ल्यान्ड गर्ने क्रममा जहाजको पछाडितर्फ दाहिने साइडको चक्का (टायर) फुत्किएर बाहिर निस्किएको हो।
उक्त जहाजमा चालक दलका सदस्यसहित १६ जना सवार थिए, जसमा सात जना विदेशी नागरिक रहेको बताइएको छ। टायर फुत्किए पनि जहाज सुरक्षित रूपमा रहेको र यात्रु तथा चालक दलका सबै सदस्य सकुशल रहेको जनाइएको छ। घटनामा मानवीय क्षति नभएको तथा जहाजमा अन्य कुनै क्षति नपुगेको बताइएको छ।
घटनापछि सम्बन्धित निकायले जहाजको प्राविधिक अवस्थाबारे आवश्यक जाँच तथा अनुसन्धान अघि बढाउने तयारी गरेको छ।
