घट्यो सुनचाँदीको मूल्य
न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ८ बिहीबार | (रासस)
काठमाडौँ, ८ असोजः स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला रु तीन हजार २०० र चाँदीको मूल्य रु १६५ ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ९९ हजार १०० र चाँदीको रु चार हजार ६५० मा कारोबार भइरहेको छ ।
बुधबार एक तोला छापावाल सुन रु तीन लाख दुई हजार ३०० र चाँदी रु चार हजार ८१५ मा खरिदबिक्री भएको थियो ।
