सुनचाँदीको मूल्य घट्यो
न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ९ शुक्रबार |
काठमाडौँ, ९ असोजः स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
सुनको मूल्य प्रतितोला रु ५०० र चाँदीको मूल्य रु ३० ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ९८ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ६२० कायम भएको छ ।
बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ९९ हजार १०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ६५० मा कारोबार भएको थियो ।
