Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मनाङमा हिमपहिरो : २ जनाको मृत्यु, ८ जना अझै सम्पर्कविहीन (अपडेट)

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ११ आइतबार |

मनाङ । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमाल क्षेत्रमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको छ। हिमपहिरोमा परेका २२ जनामध्ये दुई जनाको शव कैलाश हेलिकोप्टरमार्फत उद्धार गरी प्रादेशिक अस्पताल मनाङमा ल्याइएको छ।

उद्धारपछि १२ जना फू गाउँमा सुरक्षित रूपमा सम्पर्कमा आएको जनाइएको छ। तर अझै ८ जना सम्पर्कविहीन रहेका छन्। उनीहरूको खोजी तथा उद्धारका लागि सुरक्षा निकाय र उद्धार टोली परिचालन गरिएको छ।

हिमपहिरोपछि घटनास्थलमा उद्धार कार्यलाई प्राथमिकता दिइएको छ। सम्पर्कविहीन व्यक्तिहरूको अवस्था यकिन गर्न थप खोजी तथा उद्धार अभियान अघि बढाइएको सम्बन्धित स्रोतले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan