Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बाजुरा जिल्लाका बजार मौसममा सुधार आएसँगै जनजीवन सामान्यतर्फ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १२ सोमबार | रासस

बाजुरा, १२ असोजः केही दिनदेखिको लगातार वर्षापछि मौसममा सुधार भएसँगै यहाँको जनजीवन क्रमशः सामान्य लयमा फर्किँदै गएको छ । आइतबार आंशिक रुपमा सुधार भएको मौसम आजदेखि आकाश खुल्दै घाम लागेपछि जिल्लाका बजार, विद्यालय, सरकारी कार्यालय तथा यातायात सेवा पुनः नियमित हुन थालेका छन् ।

    लगातारको वर्षाले प्रभावित जिल्लाभर लामो तथा छोटो दूरी सवारीसाधन पुनः सञ्चालन हुन थालेका छन् भने आजदेखि शैक्षिक संस्थाहरु पनि खुलेका छन् । यस्तै, वर्षाले अवरुद्ध बनेका केही ग्रामीण सडकमा पनि सवारीसाधन सञ्चालन सुरु भएको छ । वर्षाका कारण अवरुद्ध भएको साँफे–मार्तडी सडकखण्ड आइतबार नै पहिरो पन्छाएपछि यातायात पुनः सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    मौसम सुधारसँगै किसानहरू पनि खेतबारीको काममा व्यस्त हुन थालेका छन् । वर्षाका कारण ग्रामीण क्षेत्रमा रोकिएको धान बाली काट्ने लगायतका दैनिक काम पुनः सुरु भएको स्थानीय वीरबहादुर बुढाले बताउनुभयो । 

    प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले मौसममा बिस्तारै सुधार आउन थालेपछि यहाँको जनजीवन पनि सामान्य बन्दै गएको बताउनुभएको छ । उहाँका अनुसार जिल्लाबाट सञ्चालन हुने लामो तथा छोटो दूरीको यातायात आइतबारदेखि नै सुरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan