Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एन आई सी एशिया बैंकका ग्राहकहरुलाई होन्डा ब्राण्डका गाडी किन्दा आकर्षक ब्याजदरसहित अन्य विशेष सुविधाहरु उपलब्ध

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १२ सोमबार |
newsabhiyan

काठमाडौं, १२ असोज । एन आई सी एशिया बैंक लिमिटेड र काठमाडौंस्थित स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि. बीच बैंकका ग्राहकहरूलाई होन्डा ब्राण्डका विभिन्न सवारी साधनहरू किन्दा आकर्षक ब्याजदर सहित अन्य विशेष सुविधाहरु प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उक्त समझदारी पत्रमा बैंकको तर्फबाट चिफ बिजनेस अफिसर, रिटेल बिजनेस अमित के.सी. र स्याकार ट्रेडिङ्गका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सिर्जना ज्योतिले हस्ताक्षर गर्नुभयो ।

यस समझदारी अनुसार ग्राहकहरुले उक्त कम्पनीले बेच्दै आएका होन्डा ब्राण्डका कुनै पनि गाडी खरिद गर्दा परिवर्तनीय ब्याज दर सुविधा लिने चाहने ग्राहक महानुभावहरुले औसत आधार दरमा थप १ प्रतिशत ब्याज सुविधामा सवारी साधन कर्जा प्राप्त गर्न सक्नुहुनेछ ।

त्यसैगरी, स्थिर ब्याजदरको सुविधा लिन चाहने ग्राहकहरुका लागि भने ७ वर्षको लागि ५.९९ प्रतिशतको स्थिर ब्याजदर सुविधामा कर्जा प्राप्त गर्न सक्नुहुनेछ ।

त्यस्तै, अन्य सुविधाहरुमा प्रशासनिक सेवा शुल्कमा ०.२५ प्रतिशत छुट, छिटो र छरितो रुपमा कर्जा उपलब्ध गराउने ब्यवस्था बैंकले मिलाएको छ ।

बैंकले उपलब्ध गराएको यस सवारी साधन कर्जा सुविधा मार्फत ग्राहकहरुले होन्डा ब्राण्डका उत्कृष्ट तथा लोकप्रिय गाडीहरु खरिद गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan