Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कर्णाली प्रदेशसभा सदस्य शर्मा पदमुक्त

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १३ मंगलबार | रासस

 कर्णाली, १२ असोजः कर्णाली प्रदेशसभा सदस्य राजकुमार शर्मा पदमुक्त हुनुभएको छ । शर्मालाई पदमुक्त गर्ने नेकपाको निर्णय सर्वोच्च अदालतले सदर गरेसँग उहाँ प्रदेशसभा सदस्य पदबाट मुक्त हुनुभएको हो । 

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले शर्मालाई पदमुक्त गर्न प्रदेशसभा सचिवालयलाई पत्र पठाएको थियो । नेकपाको निर्णयविरुद्ध शर्माले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले शर्माको रिट खारेज गरेको हो । 

    तत्कालीन माओवादी केन्द्रसहितका दलहरुबीच एकता भएर नेपाली कम्युनिष्ट पार्टी गठन भएपछि शर्मा प्रगतिशील लोकतान्त्रिक पार्टीमा लाग्नुभएको थियो । त्यसपछि नेकपाले उहाँलाई प्रदेशसभा सदस्य पदबाट हटाउन प्रदेशसभा सचिवालयमा पत्राचार गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan