Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेप्से परिसूचक नौ अङ्कले घट्यो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १३ मंगलबार | (रासस)
newsabhiyan

काठमाडौँ, १३ असोजः धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक नौ दशमलव ६२ अङ्कले घटेर दुई हजार ६०३ दशमलव ७१ मा पुगेको छ । 

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव शून्य एक अङ्कले घटेर ४६६ दशमलव ६५ मा पुगेको छ ।

फ्लोट सूचक शून्य दशमलव ६१ अङ्कले घटेर १७९ दशमलव ४६ मा पुगेको छ भने सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ४३ अङ्कले घटेर १५७ दशमलव ४४ मा पुगेको छ । 

आज विभिन्न कम्पनीका एक करोड १० लाख ६९ हजार ७४ कित्ता सेयर रु  चार अर्ब ६५ करोड ४८ लाख ७८ हजार ४५ मूल्यमा खरिद बिक्री भएको छ ।

आज निर्जीवन बिमा र अन्य उपसमूहको सेयर मूल्य बढेको छ भने बाँकी ११ उपसमूहको मूल्य घटेको हो । 

आज ६९ कम्पनीको सेयर बढेको छ भने १९९ कम्पनीको सेयर घटेको र १० कम्पनीको सेयर मूल्य स्थिर छ ।

नेप्सेका अनुसार आईसिएफसी फाइनान्स डिबेञ्चर, सयपत्री हाइड्रोपावर, नेपाल एसबिआई डिबेञ्चरलगायत कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

त्यसैगरी सिटिजन्स सुपर ३० म्युचुअल फण्ड, आरबिबी म्युचुअल फण्ड, मेगा म्युचुअल फण्डलगायत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan