Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अठार वर्ष कैद सजाय तोकिएका फरार कैदी पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १७ शनिबार |

काठमाडौँ, १६ असोज : नेपाल प्रहरीले जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय ठहर भएका फरार कैदीलाई पक्राउ गरेको छ ।प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले जबरजस्ती करणी मुद्दामा १८ वर्ष जेल सजाया भएका धादिङ सिद्धलेक गाउँपालिका–३ का ३८ वर्षीय गणेश श्रेष्ठलाई आज पक्राउ गरेको हो ।

व्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशमशेर जवराले जेनजी आन्दोलनको मौका छोपेर केन्द्रीय कारागारबाट भागेका श्रेष्ठलाई काठमाडौँ महानगरपालिका–२६ सामाखुशीबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।

प्क्राउ श्रेष्ठले जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय पाएका थिए । पक्राउ श्रेष्ठलाई आवश्यक कारबाहीका लागि केन्द्रीय कारागार कार्यालय सुन्धारामा बुझाएको ब्यूरोले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan