Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अस्ट्रेलियाको न्यु क्यासलमा कारको ठक्करबाट १० जना घाइते

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १७ शनिबार | (रासस/एएफपी)

अस्ट्रेलियाको न्यु साउथ वेल्सको न्यु क्यासलमा शनिबार बिहान एउटा कार भीडमा ठोक्किँदा १० जना घाइते भएका छन् ।

प्रहरीका अनुसार बिहान करिब ९ः३० बजे अनियन्त्रित रूपमा चलिरहेको कारले सडक किनारमा भेला भएका मानिसहरूलाई ठक्कर दिएको हो । घाइतेमध्ये ५ वर्षीया बालिका र ६७ वर्षीय पुरुषको अवस्था गम्भीर रहेको छ । अन्य आठ जनाको अवस्था भने जीवनलाई खतरा नपर्ने खालको छ ।

स्थानीय रग्बी टोली न्यु क्यासल नाइट्सलाई बिदाइ गर्न समर्थकहरू भेला भएका बेला दुर्घटना भएको हो । टोली आइतबार हुने नेसनल रग्बी लिगको ग्रान्ड फाइनल खेल्न सिड्नी जाँदै थियो ।

कार चलाइरहेका १८ वर्षीय युवकलाई घटनास्थलमै प्रहरीले पक्राउ गरेको छ । उनलाई लागूऔषध तथा मदिरा परीक्षणका लागि अस्पताल लगिएको छ । प्रहरीले उनीमाथि अभियोग लगाउने तयारी गरेको जनाएको छ ।

प्रधानमन्त्री एन्थोनी अल्बानिजीले घटनाप्रति दुःख व्यक्त गर्दै घाइते तथा प्रभावित सबैप्रति सहानुभूति प्रकट गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan