Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १७ शनिबार | (रासस)

काठमाडौँ, १७ असोजः राष्ट्रपति रामचन्द्र पौडेलले जितीया पर्वको माध्यमबाट नेपाली समाजमा आपसी सम्मान, सद्भाव पारिवारिक एकता र प्रेम, महिलाप्रतिको श्रद्धा र आस्था, मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्दै आएको बताउनुभएको छ ।

    जितीया पर्वको अवसरमा आज उहाँले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावना जागृत गर्दै नेपालको विविधताको संरक्षण भएको महसुस गरेको बताउनुभयो । 

    राष्ट्रपति पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “जितीया पर्व विशेष गरी नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारु, मधेसी तथा केही अन्य समुदायका महिलाहरूद्वारा आफ्ना सन्तान तथा परिवारजनको दीर्घायु, सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको कामना गर्दै जिमुतवाहनको श्रद्धापूर्वक पूजा-आराधना गरी मनाइने महत्त्वपूर्ण सांस्कृतिक पर्व हो ।”

    यस पर्वको अवसरमा आश्विन कृष्णपक्षको अष्टमी तिथिका दिन महिलाहरू कठोर उपवास बसी शरीर, मन र आत्मा शुद्धि गर्दै विभिन्न शुद्ध परिकारहरू बनाई खाने र खुवाउने प्रचलन परापूर्वकालदेखि चल्दै आएको उहाँले उल्लेख गर्नुभयो । 

    राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवम् बहुसांस्कृतिक विविधतायुक्त विशेषताले भरिपूर्ण हाम्रो मुलुकमा यस्ता मौलिक पर्वहरूले बेग्लै पहिचान स्थापित गर्दै आएको बताउनुभयो ।

    नेपाली मौलिक सांस्कृतिक सम्पदाको सम्वर्द्धन गर्दै संस्कारयुक्त आदर्श सामाजिक वातावरण सृजना गर्न र सदाचारयुक्त जीवनशैली अपनाउनका लागि यस्ता पर्वहरूको गरिमालाई सम्मानजनक बनाई निरन्तरता दिनु आवश्यक देखिएको उहाँको भनाइ छ । राष्ट्रपति पौडेलले यस पर्वले सबैमा सुख, शान्ति र समृद्धि ल्याई आपसी सद्भाव र सहिष्णुता कायम गर्न सफलता मिलोस् भन्ने कामना गर्नुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan