Wednesday 7th of October | २०८३ असोज २१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कृषि तथा वनजन्य उत्पादनको प्रवर्द्धनमा दुई मन्त्रीबीच छलफल

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २१ बुधबार |

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार साहबीच कृषि तथा वनजन्य उत्पादनको प्रवर्द्धन, बजारीकरण तथा उद्योगसँगको समन्वयका विषयमा छलफल भएको छ।

छलफलमा कृषि उत्पादनको बजार सुनिश्चित गर्न न्यूनतम समर्थन मूल्य (एमएसपी) कार्यान्वयन, अन्नबालीको उत्पादन वृद्धि तथा बजारीकरणका विषयमा छलफल भएको थियो। त्यस्तै मह, चिया तथा दुग्धजन्य पदार्थको उत्पादन, प्रशोधन र बजार व्यवस्थापनलाई प्रभावकारी बनाउने विषयमा पनि दुवै मन्त्रीबीच छलफल भएको हो।

बैठकमा वन पैदावारको सदुपयोग तथा कृषि र वनजन्य कच्चा पदार्थमा आधारित उद्योगको प्रवर्द्धनका विषयमा समेत छलफल भएको थियो। स्वदेशी उत्पादनको बजारीकरणलाई प्राथमिकता दिँदै आयात प्रतिस्थापनमा जोड दिने विषयमा पनि छलफल भएको जनाइएको छ।

कृषि तथा वन क्षेत्रसँग सम्बन्धित उद्योगको विकास, किसान तथा उद्योगी–व्यवसायीले भोग्दै आएका समस्या समाधान र उत्पादनदेखि बजारीकरणसम्मका प्रक्रियालाई सहज बनाउने विषयमा दुवै मन्त्रालयबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा मन्त्रीद्वयले जोड दिएका थिए।

कृषि तथा वन क्षेत्रबाट उत्पादित कच्चा पदार्थलाई उद्योगसँग जोडेर मूल्य अभिवृद्धि गर्ने, स्वदेशी उत्पादनको बजार विस्तार गर्ने तथा किसान र उद्योगी दुवैलाई लाभ पुग्ने गरी नीतिगत तथा व्यावहारिक सहकार्य अघि बढाउने विषयमा छलफल केन्द्रित रहेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan