सामर्त ट्रेडिङद्वारा २०२६ का राष्ट्रिय स्पोट्र्स क्लाइम्बिङ च्याम्पियनहरूलाई प्रायोजन
क्लाइम्बिङ ब्रान्ड ब्ल्याक डायमन्ड र ला स्पोर्टिभाको नेपालका लागि आधिकारिक वितरक सामर्त ट्रेडिङ प्रालिले सन् २०२६ का राष्ट्रिय स्पोट्र्स क्लाइम्बिङ च्याम्पियनहरू रोनक उप्रेती र स्वस्तिका चौधरीसँग एक वर्षका लागि गियर प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको छ ।
नेपाल क्लाइम्बिङ स्पोटर््स एसोसिएसनको सहजीकरण र रोहवरमा सो सम्झौता सम्पन्न भएको हो । सो अवसरमा साङ्गे शेर्पा, प्रमुख कार्यकारी अधिकृत, समर्ता ट्रेडिङ, सन्तोष मादेन, महासचिव, नेपाल क्लाइम्बिङ स्पोटर््स एसोसिएसन, सुजित कँडेल, सचिव, नेपाल क्लाइम्बिङ स्पोट्र्स एसोसिएसन, जनक घिमिरे, सेल्स म्यानेजर, समर्ता ट्रेडिङलगायतको उपस्थिति रहेको थियो ।
सम्झौता अनुससारका प्रमुख बुँदाहरू ः
यो समझदारी पत्र समर्ता ट्रेडिङ र दुवै खेलाडीबिच प्रत्यक्ष रूपमा लागू हुनेछ ।एनसीएसले सिफारिसकर्ता र आधिकारिक साक्षीको भूमिका निर्वाह गरेको छ ।
सम्झौता अनुसार राष्ट्रिय च्याम्पियनहरूले एक वर्षसम्म ब्ल्याक डायमन्ड र ला स्पोर्टिभाका तर्फबाट क्लाइम्बिङ जुत्ता, हार्नेस, चोक ब्याग, पोसाक तथा अन्य प्राविधिक उपकरणहरू सहितको पूर्ण गियर सेट प्राप्त गर्ने छन् । प्रतिबद्धताको कार्यान्वयनः गत २०२६ जुन १३ मा काठमाडौँमा सम्पन्न राष्ट्रिय स्पोट्र्स क्लाइम्बिङ प्रतियोगिताका क्रममा समर्ता ट्रेडिङका सिइओ साङ्गे शेर्पाले गर्नुभएको घोषणा अनुरूप यो सम्झौता औपचारिक रूपमा सम्पन्न भएको हो ।
मुख्य उद्देश्यः राष्ट्रिय च्याम्पियनहरूको खेल स्तर अभिवृद्धि गर्दै उनीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा सफलता दिलाउनु र नेपालमा स्पोट्र्स क्लाइम्बिङको विकासमा योगदान पु¥याउनु यस साझेदारीको मुख्य लक्ष्य रहेको छ ।
