Thursday 15th of October | २०८३ असोज २९ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चाडपर्व लक्षित चेकजाँचमा २४५ चालक मापसे र १२ जना लापसेमा पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २९ बिहीबार |
newsabhiyan

काठमाडौं, २९ असोज ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चाडपर्व लक्षित अभियानअन्तर्गत मादक पदार्थ सेवन (मापसे) तथा लागू पदार्थ सेवन (लापसे) गरी सवारीसाधन चलाउने चालकविरुद्ध कारबाही तीव्र बनाएको छ।

कार्यालयका अनुसार असोज २५ गते घटस्थापनादेखि हालसम्म गरिएको चेकजाँचका क्रममा २४५ जना सवारी चालक मापसेमा र १२ जना चालक लापसेमा नियन्त्रणमा परेका छन्। नियन्त्रणमा लिइएका चालकहरूमाथि आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ।

चाडपर्वका बेला सवारीसाधनको आवागमन बढ्ने भएकाले सम्भावित सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले चेकजाँचलाई प्राथमिकता दिएको छ। मादक पदार्थ वा लागू पदार्थ सेवन गरेर सवारी चलाउँदा चालकसँगै यात्रु तथा अन्य सडक प्रयोगकर्ताको जीवनसमेत जोखिममा पर्ने भएकाले प्रहरीले सचेत रहन आग्रह गरेको छ।

आफू यात्रा गरिरहेको सवारीसाधनका चालकले मापसे वा लापसे गरेको शंका लागेमा तत्काल ट्राफिक प्रहरीको हटलाइन १०३ मा फोन गरी जानकारी गराउन कार्यालयले अनुरोध गरेको छ। सुरक्षित यात्रा सुनिश्चित गर्नु प्रहरीको प्रमुख जिम्मेवारी रहेको कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan