Thursday 15th of October | २०८३ असोज २९ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २९ बिहीबार |
newsabhiyan

काठमाडौं,२९ असोज : काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-११ कपन लसुनटारबाट जुवा (ओखर) खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ओखलढुङ्गा घर भएका ५० वर्षीय हिमाल कुमार दाहाल समेत ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभागबुढानिलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६१ हजार रूपैयाँ र ११ थान ओखर सहित पक्राउ गरेको हो । 

कास्की,पोखरा महानगरपालिका-२६ बिजयपुरबाट जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३६ वर्षीय तिलक थापा समेत ७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार रूपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो ।

मोरङ, पथरीशनिश्चरे नगरपालिका-२ बिष्णु चोकबस्ने सन्तोष कुमार ढकालको घरमा जुवातास खेलिरहेको अवस्थामा  सन्तोष कुमार समेत ५ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद२० हजार ९ सय ३० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan