Friday 16th of October | २०८३ असोज ३० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चौध लाख बराबरको अवैध सामान बरामद

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ३० शुक्रबार |

वीरगञ्ज (पर्सा), २८  असोजः सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर पर्साले रु १४ लाख २५ हजार ५०० बराबरको अवैध सामान बरामद गरेको छ । 

 वीरगञ्ज महानगरपालिका–२५, खल्वास्थित सशस्त्र प्रहरी बल नेपाल नेपाल बिओपी ड्राइपोर्ट, पर्साबाट खटिएको टोलीले खल्वा सीमा क्षेत्रको धान खेतमा लुकाई–छिपाई राखेको अवस्थामा सामान बरामद गरेको हो । ती सामानको मूल्य रु १३ लाख ४५ हजार ५०० बराबर रहेको सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज क्षेत्रीले जानकारी दिनुभयो । बरामद गरिएका औषधि तथा औषधिजन्य सामग्री वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ । 

 त्यसैगरी, पर्सा  जिल्लाकै छिपहरमाई गाउँपालिका –५ भिष्वास्थित सीमा इलाकामा सशस्त्र प्रहरीले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको ८० हजार बराबरको जुत्ता र चप्पल, प्लास्टिकको खेलौना बरामद गरेको छ । ती सामान भन्सार कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan