Sunday 8th of November | २०८३ कार्तिक २२ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ग्वाटेमालामा सांसदलाई लक्षित आक्रमण, तीन प्रहरी अधिकृतको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २१ शनिबार | रासस/एएफपी

ग्वाटेमालामा एक सांसदलाई लक्षित गरी शुक्रबार गरिएको सशस्त्र आक्रमणमा तीन प्रहरी अधिकृतको मृत्यु भएको छ । आक्रमणमा लक्षित सांसद भने सकुशल बच्नुभएको छ ।

    स्थानीय अग्निनियन्त्रक अधिकारी बायरन भास्क्वेजका अनुसार, आक्रमण हुँदा सांसद जुलियो पोर्टिलो पूर्वी ग्वाटेमालाको जाकापा प्रान्तस्थित रियो होन्डो सहरमा हुनुहुन्थ्यो । जाकापा लागुऔषध तस्करीका लागि परिचित क्षेत्र हो ।

    गृह मन्त्रालयले मृत्यु हुने तीनै जना राष्ट्रिय नागरिक प्रहरी (नेसनल सिभिल पुलिस) का सदस्य रहेको पुष्टि गरेको छ । उनीहरूले सांसदलाई लक्षित गरी गरिएको प्रत्यक्ष आक्रमण विफल पारेको मन्त्रालयले जनाएको छ । आक्रमणमा संलग्न व्यक्ति फरार रहेका छन् भने उनीहरूको पहिचान खुल्न सकेको छैन ।

    जाकापा क्षेत्रमा लागुऔषध कारोबारमा लोरेन्जाना परिवारको गिरोहको प्रभाव रहेको छ । उक्त गिरोहको सम्बन्ध मेक्सिकोको सिनालोआ कार्टेलसँग रहेको बताइएको छ ।

    पोर्टिलो सन् २०२३ मा विपक्षी दल काबलबाट सांसद निर्वाचित हुनुभएको थियो । पछि उहाँ पूर्वप्रथम महिला सान्ड्रा टोरेस नेतृत्वको नेसनल युनिटी अफ होप पार्टीमा प्रवेश गर्नुभएको थियो ।

    टोरेस आगामी वर्ष ग्वाटेमालामा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बन्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan