Sunday 8th of November | २०८३ कार्तिक २२ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २१ शनिबार | (रासस/एपी)

एक पाकिस्तानी अन्तरिक्ष यात्री चीनको ‘शेन्झोउ–२४’ अन्तरिक्ष यानको चालक दलमा सहभागी हनुहुुने भएको छ । यससँगै उहाँ चीनको अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी नागरिक बन्नुहुनेछ ।

    चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार, चाइना म्यान्ड स्पेस एजेन्सीले ती पाकिस्तानी अन्तरिक्ष यात्रीले अन्तरिक्ष कक्षमा छोटो अवधिको उडान पूरा गर्ने जनाएको छ । त्यसपछि उहाँ ‘शेन्झोउ–२३’ अन्तरिक्ष यानमार्फत पृथ्वीमा फर्कनुहुनेछ । यद्यपि, उडानको मिति भने सार्वजनिक गरिएको छैन ।

    यो मिसन चीनको मानवसहितको अन्तरिक्ष कार्यक्रमको इतिहासमा चिनियाँ र विदेशी अन्तरिक्ष यात्री सहभागी हुने पहिलो संयुक्त उडान हुनेछ ।

    यसअघि यसै वर्ष सिन्ह्वाले जनाएअनुसार, दुई पाकिस्तानी अन्तरिक्ष यात्रीका उम्मेदवार मुहम्मद जीशान अली र खुर्रम दाउदले चिनियाँ समकक्षीसँगै तालिम सुरु गरेका थिए । उनीहरूमध्ये एक जनालाई छोटो अवधिको अन्तरिक्ष मिसनका लागि पेलोड विशेषज्ञका रूपमा छनोट गर्ने योजना रहेको बताइएको थियो । 
    
    उक्त तालिममा अन्तरिक्ष यान सञ्चालनसम्बन्धी व्यावहारिक सीपका साथै चिनियाँ भाषाको गहन प्रशिक्षण पनि समावेश गरिएको थियो ।

    यो उडान सन् २०२५ को फेब्रुअरीमा चीन र पाकिस्तानबीच भएको अन्तरिक्ष सहकार्यसम्बन्धी सम्झौताको हिस्सा हो ।

    चीनले सन् २०३० सम्ममा चन्द्रमामा पहिलो पटक मानवसहितको अवतरण गराउने लक्ष्य राखेको छ । अन्तरिक्ष अन्वेषणमा चीनको प्रमुख प्रतिस्पर्धी अमेरिकालाई मानिन्छ । अमेरिकी अन्तरिक्ष निकाय नासाले सन् २०२८ मा चन्द्रमाको सतहमा अन्तरिक्ष यात्री अवतरण गराउने लक्ष्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan