Monday 9th of November | २०८३ कार्तिक २३ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जुम्लामा बोलेरो जीप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २२ आइतबार | (रासस)
newsabhiyan

जुम्ला, २२ कात्तिक: मुगुबाट जुम्लातर्फ आउँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार शनिबार साँझ कनकासुन्दरी गाउँपालिका-१, स्थित चौथामा क १ ज ००५४ नम्बरको बोलेरो जीप दुर्घटना भएको थियो ।  

दुर्घटनामा परी रुकुम पूर्वको उत्तरगङ्गा गाउँपालिका-१ स्थायी घर भई हाल जिल्लाको कनकासुन्दरी गाउँपालिकामा बस्दै आएका अन्दाजी ४२ वर्षीय सुरज पुन मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा घाइते भएका छ जनालाई कनकासुन्दरी गाउँपालिकाको एम्बुलेन्समार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेर उपचार सुरु गरिएको छ ।

घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । उक्त जीपमा १६ जना यात्रु सवार रहेका जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan