Monday 9th of November | २०८३ कार्तिक २३ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एनएफपिजे नेपालद्वारा लक्ष्मी पूजा तथा देउसी–भैलो कार्यक्रम सम्पन्न

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २२ आइतबार | सागर श्रेष्ठ
newsabhiyan


काठमाडौं। राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे नेपाल) ले विगतका वर्षहरूमा झैँ यस वर्ष पनि दीपावलीको पावन अवसरमा लक्ष्मी पूजा तथा देउसी–भैलो कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

एनएफपिजे नेपालका कार्यवाहक अध्यक्ष सागर श्रेष्ठको नेतृत्व तथा संयोजकत्वमा आयोजित उक्त कार्यक्रममा संस्थाका केन्द्रीय सदस्य, पूर्वअध्यक्ष तथा साधारण सदस्यहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

कार्यक्रममा परम्परागत रूपमा लक्ष्मी पूजा गरी देउसी–भैलो खेल्दै दीपावली पर्व मनाइएको थियो। कार्यक्रममा सहभागी सदस्यहरूले आपसी सद्भाव, एकता, भाइचारा र सांस्कृतिक परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित शुभकामना आदानप्रदान गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै एनएफपिजे नेपालका कार्यवाहक अध्यक्ष सागर श्रेष्ठले दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभयो।

उहाँले चाडपर्वहरूले नेपाली समाजमा आपसी प्रेम, सद्भाव, एकता र सहकार्यको भावना बलियो बनाउने उल्लेख गर्दै संस्थाका सदस्यहरूबीचको आत्मीयता र एकतालाई थप मजबुत बनाउन यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

एनएफपिजे नेपालले स्थापना कालदेखि नै फोटो पत्रकारहरूको हकहित, क्षमता अभिवृद्धि, व्यावसायिक विकास तथा फोटो पत्रकारिताको प्रवर्द्धनका क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ। संस्थाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा फोटो प्रदर्शनी, तालिम, अन्तरक्रिया तथा सांस्कृतिक आदानप्रदानका कार्यक्रममार्फत नेपाली फोटो पत्रकारितालाई थप उचाइमा पुर्‍याउने प्रयास गर्दै आएको छ।

त्यसैगरी, विगतका वर्षहरूदेखि नै विभिन्न चाडपर्व तथा विशेष अवसरमा संस्थाका सदस्यहरूबीच भेटघाट, शुभकामना आदानप्रदान र सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको छ। यसले संस्थाभित्र आपसी सम्बन्ध प्रगाढ बनाउनुका साथै नयाँ तथा पुराना पुस्ताका फोटो पत्रकारबीच अनुभव र आत्मीयता साटासाट गर्ने अवसर प्रदान गर्दै आएको छ।

यस वर्षको लक्ष्मी पूजा तथा देउसी–भैलो कार्यक्रमले पनि नेपाली मौलिक संस्कृति, परम्परा र चाडपर्वको संरक्षणसँगै संस्थागत एकता र सहकार्यलाई थप सुदृढ बनाएको सहभागीहरूले बताएका छन्।

सांस्कृतिक परम्पराको निरन्तरता र संस्थागत एकताको सन्देश दिँदै कार्यक्रम उल्लासमय वातावरणमा सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan