Monday 9th of November | २०८३ कार्तिक २३ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गण्डीगाड पुल निर्माण अधुरै

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २२ आइतबार |

अछाम, २२ कात्तिकः सम्झौता भएको १६ महिना बितिसक्दा पनि अछाम र डोटी जिल्लाको सिमानामा रहेको अछामको चौरपाटी गाउँपालिका–२ सोकटस्थित गण्डीगाड मोटरेवल पुल निर्माणको प्रक्रिया अगाडि बढ्न सकेको छैन ।
    पूर्वाधार विकास कार्यालय साँफेबगरले अछामको चौरपाटी गाउँपालिका–२ र दिपायल सिलगढी नगरपालिका–८ जोड्ने गण्डीगाडमा ४० मिटर लम्बाईको पुल निर्माण गर्न एस एस एन एस सि पि सि एस–ए सि जेभी धनगढी–५ कैलालीसँग सम्झौता गरेको थियो ।

    मोटरेवल पुल निर्माणका लागि उक्त क्षेत्रमा डोजरले बाटो बनाउने क्रममा माथिबाट ठूलो ढुङ्गा खस्दा गण्डीगाडमा रहेको झोलुङ्गे पुलमा उल्टै क्षति भएको थियो । झोलुङ्गे पुल क्षतिग्रस्त हँुदा अहिले दैनिक जसो नागरिक त्यही जीर्ण पुल भएर आवतजावत गरिरहेका छन् ।
    
    पूर्वाधार विकास कार्यालयलाई पटकपटक ताकेता गर्दा पनि कुनै चासो नदिएको चौरपाटी गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउदले बताउनुभयो । नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य भए पनि आयोजना कार्यान्वयन गर्ने निकाय मौन रहेको उहाँको आरोप छ ।

    उक्त मोटरेबल पुल निर्माणका लागी निर्माण कम्पनीसँग रु पाँच करोड २१ लाखमा २०८२ असार २२ गते सम्झौता भएको थियो । पुल नबन्दा गाउँमा बिरामीलाई उपचार गराउन लैजान समस्या भएको स्थानीय धु्रव साउदले बताउनुभयो । स्थानीय विद्यार्थी अछामबाट डोटीको  दिपायल र सिलगढीमा अध्ययन गर्न यही पुल भएर जोखिम मोल्दै जाने गरेका छन् । 

     “मोटरेबल पुल त परै जाओस्, झोलुङ्गे पुलको अवस्था पनि ठिक छैन”, साउदले भन्नुभयो । 

    कार्यालयले निर्माणमा संलग्नलाई निर्माण कार्य अगाडि बढाउन पत्राचार गरिसकेको पूर्वाधार विकास कार्यालय साफेबगर अछामका सूचना अधिकारी देवीप्रसाद उपाध्यायले जानकारी दिनुभयो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan