Monday 9th of November | २०८३ कार्तिक २३ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सामाजिक सद्भाव कायम गरी चाडपर्व मनाउन आग्रह

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २२ आइतबार | (रासस)

कञ्चनपुर, २२ कात्तिकः जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मर्यादित र सामाजिक सद्भाव कायम गरी चाडपर्व मनाउन आग्रह गरेको छ । 

    प्रशासनले सार्वजनिक सूचना जारी गर्दै जिल्लामा शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले देउसीभैलो, नाचगानलगायत सांस्कृतिक कार्यक्रम बिहान ७ बजेदेखि राति १० बजेसम्म मात्र सञ्चालन गर्न अनुरोध गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी मोहन चन्द जोशीद्वारा जारी सूचनामा कानुन विपरीत जुवातास, लङ्गुरबुर्जा खेल्ने तथा खेलाउने, भुइँचम्पा, पटका र आतिसबाजी जस्ता विस्फोटक पदार्थको आयात, ओसारपसार, बिक्री वितरण तथा प्रयोग नगर्न भनिएको छ । 

    त्यसैगरी अखाद्य रङ मिसाइएका तथा गुणस्तरहीन मिठाइलगायत वस्तुको बिक्रीवितरण र उपभोग नगर्न पनि आग्रह गरिएको छ । प्रशासनले म्याद गुज्रेका भाइ मसला, प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्रीवितरण तथा भण्डारण नगर्न र कानुनले आयात तथा प्रयोग गर्न निषेध गरेका वस्तुको बिक्री वितरण एवं प्रयोग नगर्न अनुरोध गरेको छ । 

    निर्देशन विपरीतका गतिविधि गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ । प्रशासनले चाडपर्वलाई शान्तिपूर्ण, सुरक्षित र सभ्य रुपमा मनाउँदै सामाजिक सद्भाव कायम राख्न जिल्लावासीलाई आग्रह गरेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan