Friday 7th of August | २०८३ श्रावण २२ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘जनविश्वास गुमाउँदै सरकार विषयान्तरमा व्यस्त’ : कांग्रेसको आरोप, सुशासनमा गम्भीर आत्मसमीक्षाको माग

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २० बुधबार |
newsabhiyan

सरकारले जनताका मूल मुद्दा ओझेलमा पार्न नयाँ–नयाँ बहस सिर्जना गरेको दाबी, लोकतान्त्रिक मूल्य र नागरिक अधिकारमाथि आघात भए कडा प्रतिवाद गर्ने चेतावनी

काठमाडौं, २० साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकार नैतिक, राजनीतिक तथा जनविश्वासको गम्भीर संकटमा परेको आरोप लगाएको छ।

सरकार समस्याको समाधान खोज्नुभन्दा जनताको ध्यान अन्यत्र मोड्न विषयान्तरको राजनीति गरिरहेको कांग्रेसको दाबी छ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता देवराज चालिसेले सरकार सुशासन, पारदर्शिता र उत्तरदायित्वका सवालमा लगातार कमजोर बन्दै गएको टिप्पणी गरे।

उनले जनचासोका मूल मुद्दा ओझेलमा पार्ने प्रयास भइरहेको आरोप लगाए।

“सरकारको पहिलो दायित्व जनताले भोगिरहेका समस्याको समाधान गर्नु हो,” चालिसेले भने, “तर वर्तमान सरकारले आफ्नो जिम्मेवारीबाट विमुख हुँदै विषयान्तरको बाटो रोजेको देखिन्छ। यस्तो अवस्थामा सरकारले गम्भीर आत्मसमीक्षा गर्नुपर्छ।”

उनले सुशासन, पारदर्शिता, उत्तरदायित्व र नागरिक अधिकारजस्ता आधारभूत विषयलाई कुनै पनि राजनीतिक रणनीतिले दबाउन नसकिने उल्लेख गर्दै यस्ता मुद्दा समयसँगै अझ सशक्त रूपमा उठ्ने बताए।

कांग्रेसले सरकार परिवर्तन वा गठबन्धन अस्थिर बनाउने उद्देश्य नरहेको स्पष्ट पार्दै संविधान, कानुनी शासन, सुशासन र पारदर्शिताका आधारमा सरकार प्रभावकारी बन्नुपर्ने धारणा राखेको छ।

प्रवक्ता चालिसेले सरकारका निर्णयले लोकतान्त्रिक प्रणाली, संवैधानिक मूल्य–मान्यता र नागरिक अधिकारमाथि आघात पुर्यायए प्रतिपक्षको भूमिकामा रहेर सशक्त प्रतिवाद गरिने चेतावनी पनि दिए।

उनले सत्ता प्राप्त गरेपछि सबै राजनीतिक दलले लोकतान्त्रिक मूल्य, संवैधानिक सर्वोच्चता र कानुनी शासनप्रति व्यवहारमै प्रतिबद्धता देखाउनुपर्नेमा जोड दिँदै लोकतन्त्रप्रतिको निष्ठा भाषणमा होइन, काममा प्रमाणित हुनुपर्ने बताए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan