Tuesday 11th of August | २०८३ श्रावण २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चार अर्ब ९३ करोड बढी राजस्व सङ्कलन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २४ आइतबार | रासस

 भद्रपुर (झापा), २४ साउनः आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्षमा रु चार अर्ब ९३ करोड ४६ लाख ८५ हजार राजस्व सङ्कलन गरेको छ ।

    उक्त कार्यालयको रु छ अर्ब छ करोड ८६ लाख २२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य थियो । लक्ष्यको करिब ८१ दशमलव ३१ प्रतिशत राजस्व सङ्कलन भएको छ । 

    उक्त कार्यालयका सूचना अधिकारी डिल्लीराम चौलागाईंका अनुसार सङ्कलित राजस्वमध्ये आयकर रु दुई अर्ब ४१ करोड ६१ लाख सात हजार, मूल्य अभिवृद्धि कर (भ्याट) रु एक अर्ब ६६ करोड २९ लाख ९५ हजार र अन्तःशुल्क रु ६७ करोड ८९ लाख पाँच हजार सङ्कलन भएको छ ।

    यसैगरी, भाडा आयकर रु पाँच करोड ६६ लाख ७८ हजार, ब्याज कर रु नौ करोड ३६ लाख ८० हजार तथा अन्य शीर्षकमा रु दुई करोड ६३ लाख २१ हजार राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । उक्त कार्यालयको कार्यक्षेत्र इलाम, पाँचथर र ताप्लेजुङ हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan