Tuesday 11th of August | २०८३ श्रावण २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पूर्वमन्त्री कार्की १५ लाख धरौटीमा थुनामुक्त

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २५ सोमबार | (रासस)

काठमाडौँ, २५ साउनः विशेष अदालत काठमाडौँले पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई थुनामुक्त गर्न आदेश गरेको छ । न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले आज नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्वअर्थमन्त्री कार्कीलाई रु १५ लाख धरौटी लिएर थुनामुक्त गर्न आदेश गरेको हो । 

    नेता कार्कीलाई भ्रष्टाचार मुद्दामा थुनछेक बयानका लागि अदालतमा हाजिर गराइएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको दाबी गर्दै नेता कार्कीसहितका प्रतिवादीविरुद्ध रु तीन अर्ब ६२ करोड पाँच लाख २२ हजार १६० र बिगो दाबीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan