अस्ट्रेलिया र भियतनामबीच व्यापारिक सम्झौता
क्यानबेरा, २६ साउन : क्यानबेरामा अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिज र भियतनामका राष्ट्रपति टो लामबीच व्यापारिक तथा रणनीतिक साझेदारीलाई बलियो बनाउने सहमति भएको छ ।
अल्बानिज र लामले संसद् भवनमा भेटवार्ता गरेपछि एक संयुक्त विज्ञप्ति जारी गर्दै दुई राष्ट्रले व्यापक व्यापारिक साझेदारी अगाडि बढाउन आफ्नो आर्थिक र रक्षा सम्बन्धलाई पनि आत्मसाथ गर्ने बताउनुभयो ।
दुवै नेताले खुला, समावेशी र निष्पक्ष नियममा आधारित बहुपक्षीय व्यापार प्रणाली प्रति आआफ्नो प्रतिबद्धता व्यक्त गर्नुभयो । दुवै देशले खुला र भरपर्दो व्यापार साझेदारी कायम राख्न इच्छुक रहेको अल्बानिजले पत्रकारहरूसँगको साक्षात्कारमा बताउनुभयो ।
अस्ट्रेलिया र भियतनामले डिजिटल अर्थतन्त्र र कृषि तथा दिगो विकासमा सहयोगलाई मजबुत बनाउन संयुक्त व्यापार सम्झौतामा हस्ताक्षर गरेको उहाँले बताउनुभयो ।
लामले समयआनुकूल जोडिएको द्विपक्षीय सम्बन्धले अस्ट्रेलिया र भियतनामको हितमा काम गर्ने र व्यापारिक अड्चन फुकाउने विषयमा विश्वास व्यक्त गर्दै सम्झौताले व्यापारलगायत विश्वमा शान्ति, सहयोग र विकास प्रक्रियामा समेत योगदान पु¥याउने बताउनुभयो ।
