Tuesday 11th of August | २०८३ श्रावण २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

फिलिपिन्समा भारी वर्षाका कारण १९ जनाको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २६ मंगलबार | (रासस/सिन्ह्वा)

मनिला, २६ साउन : उष्णकटिबन्धीय चक्रवात लुइस र मेमेका साथै दक्षिणपश्चिम क्षेत्रमा मनसुनले निम्त्याएको भारी वर्षाका कारण १९ जनाको मृत्यु हुनुका साथै अन्य १५ जना घाइते भएको फिलिपिन्स सरकारले मङ्गलबार जनाएको छ । सरकारका अनुसार चार जना अझै बेपत्ता रहेका छन् ।
    
फिलिपिन्स राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् (एनडिआरआरएमसी) ले मङ्गलबार आएको भारी वर्षाका कारण पहिरो जाँदा विभिन्न स्थानमा हताहत भएकोे भएको बताएको छ । एनडिआरआरएमसीका अनुसार बेङ्गुएट प्रान्तमा सबैभन्दा बढी १२ जनाको मृत्यु भएको छ भने रिजालमा चार र बटाङ्गासमा तीन जनाको मृत्यु भएको छ ।
 
देशका ११ वटा क्षेत्रका करिब २२ लाख ७० हजार मानिस प्रभावित भएको एनडिआरआरएमसीले जनाएको छ । करिब ९५ हजार मानिसलाई सुरक्षित आश्रय दिनका लागि ९०० भन्दा बढी सहयोगी केन्द्रहरू स्थापना गरिएको छ ।

एनडिआरआरएमसीका अनुसार फिलिपिन्स सरकारले प्रभावितहरुलाई सात करोड ३० लाखभन्दा बढी सहयोग प्रदान गरिसकेको छ  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan