Tuesday 11th of August | २०८३ श्रावण २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कोलम्बिया र छिमेकी देशहरूमा शक्तिशाली भूकम्प, १८ जनाको मृत्यु भएको पुष्टि

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २५ सोमबार | (रासस/एएफपी)

कोलम्बिया र छिमेकी ल्याटिन अमेरिकी देशहरूमा सोमबार शक्तिशाली भूकम्प गएको छ । प्रारम्भिक रिपोर्टअनुसार भूकम्पका कारण कम्तीमा १८ जनाको मृत्यु भएको पुष्टि भएको छ भने भूकम्पका कारण हतास भएका बासिन्दाहरूले ध्वस्त भवनहरूको सर्वेक्षण गरिरहेका छन् ।

भूकम्पका कारण पेरेइरा सहरमा मात्रै कम्तीमा १८ जनाको मृत्यु भएको नगरप्रमुख माउरिसियो सालाजारलाई उद्धृत गरी काराकोल रेडियोले उल्लेख गरेको छ । उहाँले भूकम्पका कारण सहरमा ‘स्थिति गम्भीर छ’ भन्नुभयो । 

अमेरिकी भूगर्भशास्त्रीहरूले भूकम्पको तीव्रता ७.४ म्याग्निच्युड र केन्द्रबिन्दु कोलम्बियाको पश्चिममा १०० किलोमिटर गहिराइमा रहेको रेकर्ड भएको बताउनुभएको छ। 

उद्धार टोलीहरू पीडितहरूलाई सहयोग गर्न र भग्नावशेषमा फसेकाहरूको उद्धारका लागि दौडिएका देखिन्थ्यो ।

बिहानको यो भूकम्प इक्वेडर, पानामा र भेनेजुएलामा पनि महसुस गरिएको थियो । भेनेजुएलामा जुन महिनाको अन्त्यतिर विनाशकारी भूकम्प गएको थियो ।

समाचार फुटेजमा कोलम्बियाको पश्चिमी भागमा ढलेका भवनहरू देखाइएको छ, तर अधिकारीहरूले सुनामीको डर नरहेको बताएका छन्।

कोलम्बियाको चोको प्रान्तका गभर्नरले एक्समा लेख्नुभएको छ, “प्रान्तीय राजधानी किब्दोमा गम्भीर क्षति भएको छ, जहाँ सामाजिक सञ्जालमा आएका भिडियोमा ढलेका भवनहरू देखिएका छन्।”

भूकम्पको केन्द्रबिन्दु चोकोमा रहेको भए पनि तत्काल त्यहाँको मृत्यु सङ्ख्या थाहा भएको छैन।

कोलम्बियाको तेस्रो ठूलो सहर कालीका नगर प्रमुख एलेहान्द्रो एडरले कम्तीमा २० वटा भवन ढलेको र मानिसहरू फसेको रिपोर्ट गर्नुभएको छ । भूकम्पका कारण ‘ठूलो क्षति’ भएको बताउँदै उहाँले ड्रोनमार्फत भूकम्पबाट भएको षतिको लेखाजोखा गर्ने काम भइरहेको जनाउनुभएको छ । 

समाचारका माध्यमहरूले मानिजालेसजस्ता सहरहरूमा पनि भवनहरू ध्वस्त भएका तस्बिरहरू प्रसारण गरेका छन्।

“भूकम्पका कारण देशका धरै स्थानमा ‘बिजुली र मोबाइल नेटवर्क छैन। यो शक्तिशाली थियो, साँच्चै शक्तिशाली र विनासकारी । भूकम्पका समय मेरो घरका सामानहरू सबै भूइमा लडेका थिए,” कफी उत्पादनका लागि प्रसिद्ध एजे क्याफेटेरोकी ६६ वर्षीया बासिन्दा मार्था एस्ट्राडाले एएफपीसँग भन्नुभयो । 

“भूकम्प निकै शक्ति शाली थियो,” बोगोटाकी २९ वर्षीया कन्टेन्ट क्रिएटर भलेरिया पोलोले भन्नुभयो । 

पश्चिमी कोलम्बियाका छ वटा साना विमानस्थलहरूले सञ्चालन स्थगित गरेको नागरिक उड्डयन निकायले जनाएको छ।

बोगोटाका नगरप्रमुख कार्लोस गालानले ब्लु रेडियोमा भन्नुभयो, राष्ट्रिय राजधानीमा घर र भवनका अगाडिका भागमा क्षति  सीमित देखिएको छ ।

राष्ट्रपति आबेलार्दो दे ला एस्प्रिएल्लाले भूकम्प प्रभावित क्षेत्रको तत्काल भ्रमण गर्ने घोषणा गर्नुभएको छ । 

बोगोटामा आपतकालीन साइरन बज्दा मानिसहरू आत्तिएर अर्धनग्न अवस्थामा सडकमा निस्किएका एएफपीका संवाददाताहरूले देखेको बताएका छन् । 

भेनेजुएलामा जुन २४ मा गएका ७.२ र ७.५ म्याग्निच्युडका दुई ठूला भूकम्पहरूमा छ हजार भन्दा बढी मानिसको मृत्यु भएको थियो र व्यापक सम्पत्ति क्षति भएको थियो। भूकम्पका कारण हजारौँ मानिस वेपत्ता भएको बताइएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan