Tuesday 11th of August | २०८३ श्रावण २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ट्राफिक कारबाहीमा ९५ हजार ७७ सवारीसाधन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २६ मंगलबार |
newsabhiyan

सुनसरी, २६ साउनः आर्थिक वर्ष २०८२/८३ मा कोशी प्रदेशमा नियम पालना नगर्ने ९५ हजार ७७  सवारीसाधन ट्राफिक कारबाहीमा परेका छन् ।

कारबाहीमा परेकाबाट कूल  रु नौ करोड ४१ लाख ७२ हजार ८२४ राजस्व जम्मा भएको छ । झापाबाट रु दुई करोड ३९ लाख ९६ हजार ५३८ मोरङबाट रु एक करोड ८५ लाख ८६ हजार ५७, सुनसरीबाट रु एक करोड २६ लाख १९ हजार, उदयपुरबाट रु ६२ लाख ७५ हजार र इलामबाट रु ४८ लाख छ हजार तीन जम्मा भएको हो । 

त्यसैगरी, धनकुटाबाट रु ६३ लाख आठ हजार एक, ओखलढुङ्गाबाट रु ३७ लाख २८ हजार २०३,  पाँचथरबाट रु ३१ लाख ४९ हजार, खोटाङबाट रु २२ लाख ४८ हजार, भोजपुरबाट रु १५ लाख ५००, तेह्रथुमबाट रु १३ लाख ५७ हजार, सोलुखुम्बुबाट रु १४ लाख ७५ हजार, सङ्खुवासभाबाट रु १० लाख ४३ हजार र ताप्लेजुङबाट रु आठ लाख सात हजार ५०० राजस्व सङ्कलन भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक दीपक गिरीले राससलाई जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan