Tuesday 18th of August | २०८३ भदौ २ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १ सोमबार |
newsabhiyan

काठमाडौं, १ भदौ  : झापा, बिर्तामोड नगरपालिका-६ बगानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ३० मिलिग्राम सहित बिर्तामोड नगरपालिका-७ बस्ने २३ वर्षीय सलिन सेखलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी चौकी बुट्टाबारी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले मे.८ प ४१०५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी झापा, बाह्रदशी गाउँपालिका-३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १३ ग्राम ६ सय ४० मिलिग्राम, डिजिटल तराजु १ थान र मोबाइल २ थान सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कचनकवल गाउँपालिका-१ ठेगाना भएका २० वर्षीय प्रकाश हरिजन, बाह्रदशी गाउँपालिका-३ ठेगाना भएका २१ वर्षीय मनिष राजवंशी र २३ वर्षीय फागुलाल राजवंशी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।      

कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय २० मिलिग्राम सहित बर्दिया राजापुर नगरपालिका-७ भिमापुर बस्ने २१ वर्षीय अमन चौधरीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, घोडाघोडी नगरपालिका-१० लठैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ७०  मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय  जितेन्द्र चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुखड र प्रहरी चौकी पहलमानपुरबाट खटिएको प्रहरीले सु.प.प्र.०१-००८ प ५८३५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी कैलाली, टीकापुर नगरपालिका-१ ब्लक नम्बर २९ मेन्थाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय मिन रावललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

धनकुटा, धनकुटा नगरपालिका-९ मुलघाटबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय २० ट्याब्लेट, डाइक्लोमाइन २ सय ट्याब्लेट र स्पास्पेन १९ ट्याब्लेट सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धनकुटा नगरपालिका- ५ बालमन्दिर बस्ने २४ वर्षीय मन कुमार राई र २० वर्षीय बिजय राई रहेका छन् । प्रहरी चौकी मुलघाट धनकुटाबाट खटिएको प्रहरीले धरानबाट धनकुटातर्फ आउँदै गरेको प्रदेश १-०२-०४४ प ३५८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

बाँके, नेपालगंज उपमहानगरपालिका-४ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय १० मिलिग्राम सहित जाजरकोट भेरी नगरपालिका-७ घर भएका १६ वर्षीय किशोरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

दैलेख, नारायण नगरपालिका-१ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ८० मिलिग्राम सहित महावु गाउँपालिका-५ कासिकाँध बस्ने २७ वर्षीय सुरेन्द्र बहादुर शाहीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan