Tuesday 18th of August | २०८३ भदौ २ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २ मंगलबार |
newsabhiyan

काठमाडौं, २ भदौ  : काठमाडौं महानगरपालिका-१४ कलंकीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४ सय मिलिग्राम सहित चन्द्रागिरी नगरपालिका-१२ घर भएका २५ वर्षीय हृदय वलामीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।    

बाँके, कोहलपुर नगरपालिका-६ बाट अवैध लागूऔषध अफिम चोप १४ किलो ७ सय ६० ग्राम सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रूकुम पूर्व सिस्ने गाउँपालिका-१ ठेगाना भएका ४३ वर्षीय कर्ण बहादुर बुढा र बाँके कोहलपुर नगरपालिका-६ ठेगाना भएका ६० वर्षीय टोप जङ गिरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-२ पुष्पालाल चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित दाङ तुलसीपुर उपमहानगरपालिका-१८ बस्ने २१ वर्षीय प्रकाश खड्कालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

पर्सा, वीरगंज महानगरपालिका-१८ इनर्वा मनियारी बस्ने कृष्ण ठाकुरलाई अवैध लागूऔषध गाँजा २ सय २० ग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

कपिलवस्तु, वाणगंगा नगरपालिका-६ गणेशपुर बस्ने विजय बहादुर खत्रीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ४ सय १० मिलिग्राम र ४५ हजार ५ सय रूपैयाँ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । 

सुनसरी, बराहक्षेत्र नगरपालिका-९ वरपिपल चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ६० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बराहक्षेत्र नगरपालिका-७ बस्ने ३२ वर्षीय राजेश भन्ने राज कुमार राई र ३३ वर्षीय रजित सिंह राई रहेका छन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले मधुवनबाट चक्रघट्टीतर्फ आउँदै गरेको प्रदेश १-०२-०४३ प ८७९३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

दाङ, लमही नगरपालिका-३ टिकलीगढ बस्ने २८ वर्षीय अनोज चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ४० मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्राजेपाम १ सय ट्याब्लेट सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय लमही र अस्थायी प्रहरी पोष्ट नर्तिबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । 

कैलाली, गोदावरी नगरपालिका-५ गेटाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम २ सय मिलिग्राम सहित कञ्चनपुर कृष्णपुर नगरपालिका-८ बस्ने २३ वर्षीय जगदिश विष्टलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गेटाबाट खटिएको  प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको सु.प.प्र.०२-००४ प ४५४३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । 

यसैगरी कैलाली, टीकापुर नगरपालिका-२ कोठारपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ८ सय ९० मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीय सुभाष शाही र २६ वर्षीय तिलक बुढा रहेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

कास्की, पोखरा महानगरपालिका-७ बराल पेट्रोल पम्प नजिकबाट नियन्त्रित लागूऔषध डाईजेपाम ७ एम्पुल, फेनारगन ८ एम्पुल र नुर्फिन ९ एम्पुल सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-११ रानीपौवा बस्ने २५ वर्षीय सोनु शाक्य र पोखरा महानगरपालिका-५ प्रस्याङ बस्ने ३४ वर्षीय सुशिल परियार रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

यसैगरी कास्की, पोखरा महानगरपालिका-२२ कालिमाटीबाट नियन्त्रित लागूऔषध डाईजेपाम ८७ एम्पुल, फेनारगन ८३ एम्पुल र नुर्फिन ७९ एम्पुल सहित पोखरा महानगरपालिका-१५ नयाँगाउँ बस्ने २६ वर्षीय सागर तिमल्सिनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

मोरङ, सुन्दरहरैंचा नगरपालिका-१ क्याम्पा बस्ने ४९ वर्षीय सुन्दर लाल चौधरीलाई अवैध लागूऔषध गाँजा ३ किलो ७ सय ६० ग्राम र नगद २ लाख ७१ हजार रूपैयाँ सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारी समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा र नगद फेला पारी पक्राउ गरेको हो । 

झापा, बिर्तामोड नगरपालिका-३ शैनिकमोडस्थित उमानन्द होटल एण्ड लजबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने ५ ग्राम ५ सय ५० मिलिग्राम सहित भारत बिहार सुपौल ठुठी बडुवाबजार बस्ने २० वर्षीय मोहमद तोहिदलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले होटल तलासी गर्दा मोहमदको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan