Tuesday 18th of August | २०८३ भदौ २ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कांग्रेस १५औँ महाधिवेशनः वडा अधिवेशन भदौ २४ देखि, केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ सम्म हुने

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २ मंगलबार |

काठमाडौँ, २ भदौः नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन भदौ २४ देखि सुरु हुने भएको छ ।

    कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले आज एक विज्ञप्ति जारी गरी १५औँ महाधिवेशनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गर्नुभएको हो ।

    निर्वाचन समितिका अनुसार भदौ २ देखि १० गतेसम्म निर्वाचन प्रतिनिधि अभिमुखीकरण, भदौ ११ गते जिल्ल्लामा निर्वाचन अधिकृत खटाउने, भदौ १५ गते वडामा निर्वाचन प्रतिनिधि खटाउने, भदौ १६ देखि २० गतेसम्म वडामा अभिमुखीकरण तालिम, भदौ मसान्तभित्र बाँकी रहेका जनसम्पर्क समितिको अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तोकिएको छ ।

    भदौ २४ गते छ हजार ७४३ वटै वडामा अधिवेशन, भदौ २७ गते गाउँ/नगरपालिका अधिवेशन, भदौ ३१ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन, असोज ३ गते एकमात्र क्षेत्र भएको जिल्ला अधिवेशन, असोज ७ गते जिल्ला अधिवेशन, असोज १० गते प्रदेश अधिवेशन र असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गरिने कार्यतालिका रहेको छ ।

    निर्वाचन समितिका अनुसार हालसम्म अमेरिका, जापान, फ्रान्स, दक्षिण कोरियालगायत १५ वटा देशका जनसम्पर्क समितिको अधिवेशन सम्पन्न भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan