Tuesday 18th of August | २०८३ भदौ २ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपालद्वारा कर्नाटकलाई १८९ रनको लक्ष्य प्रस्तुत

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २ मंगलबार | (रासस)

काठमाडौँ, २ भदौः एसिसी प्रिमियर कपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा कर्नाटक राज्यस्तरीय टोलीलाई १८९ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ४५ ओभरमा सबै विकेट गुमाएर १८८ रन बनायो ।  

    नेपालका लागि ओपनिङ ब्याटर आसिफ शेखले ४९, इशान पाण्डेले ३४, देव खनाल र सन्दीप जोराले २७/२७, बसिर अहमदले अविजित १९ तथा गुलशन झाले ११ रन जोडे । कर्नाटकका लागि क्रिती एमले आठ ओभरमा एक मेडनसहित २० रन दिएर सर्वाधिक पाँच विकेट लिए । 

    एसिसी प्रिमियर कप खेल्न मलेसिया जानुअघि नेपालले भारतमा अभ्यास गरिरहेको हो । प्रिमियर कप ३० अगस्टदेखि आयोजना हुँदैछ । समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा ३१ अगस्टमा बहराइनको सामना गर्नेछ ।   
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan