Wednesday 19th of August | २०८३ भदौ ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपाल रेडक्रस सोसाइटीलाई तदर्थबाट मुक्त गराउन राष्ट्रियसभा सदस्यको माग

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३ बुधबार | (रासस)
newsabhiyan

काठमाडौँ, ३ भदौः राष्ट्रियसभा सदस्यले नेपाल रेडक्रसलाई तदर्थवादबाट मुक्त गरी विधानअनुसार निर्वाचन गराउन माग गरेका छन् ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा राष्ट्रियसभा सदस्य ललितजङ्ग शाहीले २०७७ साउन १२ गतेको सरकारको निर्णयले नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय समितिलाई निलम्बन गरी तदर्थवादमा लगेको बताउनुभयो । 

सदस्य शाहीले भूकम्पका बेला पीडितलाई खानपिनका साथै पुनर्निर्माणका लागि नगद उपलब्ध गराएकोे बताउनुभयो । 
    
विंस २०८२ पुसमा चितवनमा भएको विधान अधिवेशनले रेडक्रसको विधान संशोधन गरेको छ । 

गत वैशाखमा सुरु भई असारसम्ममा रेडक्रसको अधिवेशन सकिनुपर्नेमा वैशाख २१ गते काठमाडौँका प्रमुख जिल्ला अधिकारीले निर्वाचन गर्नबाट रोकी गतिहीन अवस्थामा रहेको उहाँले बताउनुभयो ।  
 
सरकारले विंस २०७६ मा पूर्वन्यायाधीश मोहनरमण भट्टराईको संयोजकत्वमा आयोग गठन गरी मिचिएका सार्वजनिक एवं गुठी जग्गा फिर्ता ल्याउन सिफारिस गरेकामा त्यसलाई कार्यान्वयन गर्न पनि सदस्य शाहीले माग गर्नुभयो । 

अन्तरराष्ट्रिय खुसीसम्बन्धी सर्वेक्षण गर्दा नेपालपछि परेकाले त्यसमा अघि बढाउन वर्तमान सरकारले काम गरोस् भनी उहाँले शुभकामना दिनुभयो ।

खुसी दिवस सन् २०२५ देखि मनाउन थालिएको र सर्वेक्षण पनि त्यसै वर्षदेखि सुरु भएको हो । 
    
गत वर्ष भदौ २३ र २४ गतेको घटना छानबिन गरी सिफारिस गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि सदस्य शाहीले ध्यानाकर्षण गराउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan