Wednesday 19th of August | २०८३ भदौ ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राष्ट्रियसभाको अर्काे बैठक भदौ ५ गते

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३ बुधबार | (रासस)
newsabhiyan

काठमाडौँ, ३ भदौः राष्ट्रियसभाले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।
 
राष्ट्रियसभा आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले प्रस्तुत गर्नुभएको उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरिएको हो ।
 
यसअघि बैठकमा परराष्ट्र मन्त्रालयसँग सम्बन्धित लिखित प्रश्नहरूको उत्तर मन्त्री शिशिर खनालले, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित लिखित प्रश्नहरूको उत्तर मन्त्री सोविता गौतमले र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित लिखित प्रश्नहरूको उत्तर मन्त्री खडक राज पौडेलले टेबुल भएको थियो ।
 
राष्ट्रियसभाको अर्काे बैठक यही भदौ ५ गते दिउँसो १ः१५ बजे बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan