Wednesday 19th of August | २०८३ भदौ ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेप्से परिसूचक झिनो अङ्कले घट्यो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३ बुधबार | (रासस)
newsabhiyan

काठमाडौँ, ३ भदौः धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव २६ अङ्कले घटेर दुई हजार ६२२ दशमलव २२ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ०८ अङ्कले घटेर ४६१ मा पुगेको छ ।

त्यस्तै फ्लोट सूचक शून्य दशमलव ०२ अङ्कले घटेर १७९ दशमलव ९५ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक भने आज स्थिर रहँदै १५५ दशमलव ७५ मा पुगेको छ । 

विभिन्न कम्पनीका ९५ लाख आठ हजार ८८२ कित्ता सेयर रु तीन अर्ब २९ करोड ८० लाख १९ हजार ५७१ मूल्यमा खरिद बिक्री भएको छ ।

आज १३ उपसमूहमध्ये पाँच उपसमूह बढ्यो भने आठ उपसमूह घटेको छ । आज १११ कम्पनीको शेयर बढ्यो भने १४९ कम्पनीको शेयर घट्यो । त्यसैगरी १८ कम्पनीको सेयर स्थिर रह्यो ।

नेप्सेका अनुसार आज सर्वाेत्तम पेन्ट्स इन्डिष्ट्रज, माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट कम्पनी र आरबिबी म्युचुअल फण्डका लगानीकर्ताले कमाएका छन् ।

त्यस्तै गरी मनकामना इन्जिनियरिङ हाइड्रोपावर कम्पनी, आइसिएफसी डिबेञ्चर, सन्राइज ब्लुचिप फण्डका लगानीकर्ताले गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan