Wednesday 19th of August | २०८३ भदौ ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ’

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३ बुधबार | (रासस)

काठमाडौँ, ३ भदौ : गृहमन्त्री सुधन गुरुङले आफ्नो जिम्मेवारीको रूपमा रहेको विपद् व्यवस्थापनमा मन्त्रालय संवेदनशील रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्दै उहाँले सांसद गोपाल शर्माले जाजरकोट र रुकुम पश्चिमका विपद्बाट प्रभावित नागरिकको उद्धार र राहतका सम्बन्धमा सोध्नुभएको प्रश्नको जवाफ दिनुभएको हो ।

    मन्त्री गुरुङले विपद्मा एक परिवारबाट एक व्यक्तिलाई लाभ प्राप्त हुने कानुनी व्यवस्था रहेको बताउँदै एकभन्दा बढी व्यक्तिलाई लाभ प्रदान गर्न विपद् अघि नै अंशबण्डा भएको हुनुपर्ने र अलग बसेको हुनुपर्ने व्यवस्था रहेको उल्लेख गर्नुभयो । उहाँले उक्त व्यवस्था संशोधन गर्न र स्थानीय तहलाई पूर्ण जिम्मेवार बनाउन विपद् प्राधिकरणका कार्यकारी प्रमुखको संयोजकत्वमा कार्यदल गठन गरिएको र काम अघि बढेको बताउनुभयो ।

    मन्त्री गुरुङले स्थानीय पालिका भवन निर्माण संहिता पालनाको व्यवस्था रहेको बताउँदै आवश्यक समन्वय र सहजीकरण भइरहेको उल्लेख गर्नुभयो । साथै उहाँले विपद् व्यष्वस्थापन कार्य तीनै तहका सरकारको जिम्मेवारी भएको स्पष्ट पार्दै सोहीअनुसार समन्वय र सहकार्य भइरहेको जानकारी दिनुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan