Thursday 20th of August | २०८३ भदौ ४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ४ बिहीबार | (रासस)

चितवन, ४ भदौः भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन राष्ट्रिय निकुञ्ज भित्रको सडक कालोपत्रका लागि प्रक्रिया अघि बढेको छ । हुलाकी राजमार्ग निर्देशनालयका अनुसार पहिलो चरणमा सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार ९९६ रूख काट्नुपर्ने जनाएको छ ।

    निकुञ्जले ध्रुवबाट बनकट्टासम्म सडकको बीचबाट १५ मिटर दाँयाबाँया पर्ने रूखको तथ्याङ्क सङ्कलन गरेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जापुनका अनुसार तथ्याङ्क सङ्कलन गरेर नापजाँच गरी हुलाकी राजमार्ग निर्देशनालय र वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) का लागि पठाइएको छ । 

    “यो छोटो बाटो करिब छ किलोमिटरको छ । कसराबाट बनकट्टासम्म अहिले सञ्चालनमा रहेको बाटो नौ किमी लम्बाइको छ । छोटो बाटो बनाउँदा माडीको बनकट्टाबाट देउरालीसम्म अहिले प्रयोग भएको बाटो प्रयोगमा ल्याइन्छ भने त्यहाँबाट ध्रुवसम्म जाने पुरानो बाटोलाई विस्तार गरिँदै छ,” उहाँले भन्नुभयो ।

    ध्रुव क्षेत्रमा पर्ने राप्ती नदीमाथि पुल बनाउनुपर्ने बताउँदै निर्देशनालयका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनियर विष्णुबाबु पाण्डेले रूखको तथ्याङ्क लिएर निकुञ्जले प्रतिवेदन पठाइसकेकाले अब इआइएका लागि सार्वजनिक सुनुवाइ गरिने उल्लेख गर्नुभयो । त्यसपछि इआइएको नतिजा वन मन्त्रालयले स्वीकृत गरेपछि कालोपत्रका लागि बोलपत्र आह्वान गरिने उहाँले जानकारी दिनुभयो ।

    पाण्डेका अनुसार उक्त खण्ड राष्ट्रिय गौरवको आयोजनाभित्र पर्ने भएकाले सडक विस्तार गरी कालोपत्र गर्न आर्थिक समस्या भने हुँदैन । माडीवासीले लामो समयदेखि निकुञ्जभित्रको सडक कालोपत्र गर्नुपर्ने भन्दै सम्बन्धित निकायसँग माग गर्दै आएका थिए । 

    चितवन क्षेत्र नम्बर ३ की प्रतिनिधिसभा सदस्यसमेत रहनुभएकी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उच्च प्राथमिकता दिएर काम अघि बढाउन समन्वयकारी भूमिका निर्वाह गर्दै आउनुभएको छ । रास्वपाको चितवनमा भएको पहिलो महाधिवेशनमा सहभागी हुन आउनुभएका मन्त्रीहरूले स्थलगत निरीक्षण गरेर काम अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको थियो । सोपश्चात् कामले तीव्रता पाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan