Thursday 20th of August | २०८३ भदौ ४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ४ बिहीबार |

नेपालगञ्ज (बाँके), ४ भदौः जिल्ला प्रहरी कार्यालय बाँकेले अदालतबाट फैसला भई सजाय तोकिएपछि फरार रहेका २२  प्रतिवादीलाई एक साताको अवधिमा पक्राउ गरेको छ । 

    फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरिएको अभियानअन्तर्गत प्रहरीले गत साउन २३ देखि २९ गतेसम्म जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो ।     जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरका अनुसार पक्राउ परेका प्रतिवादीबाट कुल रु एक लाख ६७ हजार जरिवाना असुल गरिएको छ । 

    उहाँले भन्नुभयो, “अदालतबाट फैसला भई सजाय तोकिएर पनि फरार रहेका प्रतिवादीको खोजी तथा पक्राउ अभियानलाई प्रहरीले निरन्तरता दिइरहेको छ । पक्राउ परेकाहरूबाट जरिवाना असुल गरी फैसला कार्यान्वयनका लागि अदालतमा बुझाइएको छ ।”

    उहाँका अनुसार पक्राउ परेका २२ प्रतिवादीलाई अदालतले कुल चार वर्ष एक महिना १५ दिन कैद सजाय तोकेको थियो । पक्राउ परेका सबैलाई फैसला कार्यान्वयनका लागि सम्बन्धित अदालतमा बुझाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले अदालतबाट फैसला भई फरार रहेका प्रतिवादीको खोजी तथा पक्राउ अभियान गत वर्षदेखि नै निरन्तर सञ्चालन गर्दै आएको छ ।

    फैसला कार्यान्वयनमा प्रहरीको सक्रियता बढेसँगै फरार प्रतिवादी पक्राउ पर्ने क्रमसमेत बढेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अङ्गुर जिसीले बताउनुभयो । अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई सजाय तोकिए पनि फरार रहेका कतिपय व्यक्ति आपराधिक तथा गैरकानुनी गतिविधिमा संलग्न हुने गरेको पाइएकाले उनीहरूको खोजी तथा पक्राउ अभियानलाई प्राथमिकता दिइएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan