Thursday 20th of August | २०८३ भदौ ४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ४ बिहीबार | (रासस)

काठमाडौँ, ४ भदौः नेपाली टी–२० पुरुष क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को ‘टी–२० अलराउन्डर’ वरियतामा तेस्रो स्थानमा उक्लिएका छन् ।

    आइसिसीको पछिल्लो वरियताअनुसार उनी २५६ रेटिङ अङ्कका साथ वरियताको तेस्रो स्थानमा उक्लिएका हुन् । जिम्बाब्वेका कप्तान सिकन्दर राजा पहिलो तथा पाकिस्तानका युवा अलराउन्डर साइम अयुब दोस्रो स्थानमा रहेका छन् । उनीहरूको रेटिङ अङ्क क्रमशः ३२० र २७५ रहेको छ ।

    आसन्न एसिसी प्रिमियर कपमा राम्रो प्रदर्शन गर्न सकेमा ऐरी वरियताको शीर्ष स्थानमा उक्लिने सम्भावना छ । यस्तै, ‘टी–२० अलराउन्डर’ वरियतामा नेपालका कुशल भुर्तेल २७औँ, रोहितकुमार पौडेल ५४औँ, गुलशन झा ८२औँ र कुशल मल्ल ९०औँ स्थानमा रहेका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan