Friday 21st of August | २०८३ भदौ ५ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

टी ट्वान्टी सिरिज : नेपाल ‘ए’ पहिला ब्याटिङ गर्दै

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ५ शुक्रबार | (रासस)
newsabhiyan

काठमाडौँ, ५ भदौः अस्ट्रेलियाको डार्बिनमा आजदेखि सुरु भएको ‘टप इण्ड टि ट्वान्टी सिरिज’ अन्तर्गत नर्दन टेरिटोरीको टोली एनटी स्ट्राइकविरुद्धको खेलमा नेपाल ‘ए’ ले टस हारेको छ । 

प्रतियोगितामा घरेलु टोली एनटी स्ट्राइकले टस जितेर फिल्डिङ गरिरहेको छ । यससँगै नेपाल ‘ए’ ले पहिला ब्याटिङ गर्दै चार ओभरको खेलमा दुई विकेट गुमाएर ३० रन बनाएको छ । 

यही यदौ १४ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा विभिन्न ६ टोलीको सहभागिता रहेको छ । जसमा बङ्गलादेश र न्यूजील्याण्डले ‘ए’ टोली पठाएको छ भने अन्य अस्ट्रेलियाको बिग बास लिग खेलिरहेका टिम रहेका छन् ।

प्रतियोगितामा नेपाल ‘ए’ सहित एनटी स्ट्राइक, बङ्गलादेश हाई–परफर्मेन्स, होबार्ट हुरिकेन्स, एसीटी कमेट्स, किङ्समेन र भिक्टोरिया रहेका छन् । 

नेपाली खेलाडीमा कप्तान अनिलकुमार शाहसहित कुशल भूर्तेल, पवन सर्राफ, कुशल मल्ल, मयन यादव‚ दीपक डुम्रे लोकेश बम, शाहब आलम, राशिद खान, आकाश चन्द, रिजन ढकाल, नारायण जोशी‚ विपिन खत्री, तृतराज दास, युवराज खत्री र रसिद खान छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan